डिजिटल विश्वविद्यालय बनाउँछाैं : उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह

भगवती पोख्रेल, कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसलाई डिजिटल विश्वविद्यालय बनाउने उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले बताएका छन् । बिहिबार मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले कार्यक्रमको उद्घाटन गर्दै बागेश्वरी बहुमुखी क्याम्पसलाई डिजिटल विश्वविद्यालय बनाउने प्रतिबद्धता गरेका छन् । उनका अनुसार २१औं शताब्दीको विश्व प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको परिकल्पना गरेको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक कर्मचारीले आफ्नो क्षमता वृद्धि गर्न र अनुसन्धानतर्फ अग्रसर भइ काम गर्न सिंहले निर्देशन दिए ।

मध्यपश्चिम विश्वविद्यालयले विश्वका ७० बढी देशका विश्वविद्यालयसंग एमओई गरि ती विश्वविद्यालयका विद्यार्थी आफ्नो विश्वविद्यालय आएर अध्ययन गर्न र यस विश्वविद्यालयबाट पनि ती विश्वविद्यालयमा गएर अध्ययन गर्न सकिने सिंहले बताए ।

हाल विश्वविद्यालयमा २०७५ सालमा समायोजन हुने क्रममा रहेका तमाम समस्या मध्ये प्राध्यापक तथा कर्मचारी घटुवाको समस्या, अस्थायी करार प्राध्यापक तथा कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया र लामो समयसम्म आंशिक रूपमा कार्यरत प्राध्यापक तथा कर्मचारीका समस्यालाई तत्काल समाधान गर्न आफू सकारात्मक भएको उपकुलपति सिंहले प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय सरकारले शिक्षामा लगानी गरे बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धार र विज्ञान संकायको समेत अनुमति दिने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रम बोल्दै विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले विश्वविद्यालयलाई आधुनिक बनाउन आफुहरु अग्रसर भएको बताए । ‘परिक्षा उत्तरपुस्तिकाको पारिश्रमिक बढेको, परिक्षा कार्यालयमा हुने काम १० आंगिक क्याम्पसमा समेत विकेन्द्रीकरण गरि काम गर्नेर्छौ,’ उनले भने, ‘प्राध्यापक कर्मचारीका मागप्रति आफू सकारात्मक छौं ।’ समयमै परिक्षा भएर समयमै नतिजा प्रकाशन गर्ने कार्यमा आफुहरु लागि परेकाले आम विद्यार्थीका मागहरु पुरा हुने प्रतिवद्द्ता गरे ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आजको वैज्ञानिक युगम आधुनिक विश्वविद्यालय बनाउन ेतर्फ लाग्न विश्वविद्यालयका पदाधिकारीलाई अनुरोध गरे । उनले बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धारका विषयको अनुमति विश्वविद्यालयले दिएमा नगर सरकार आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको बताए । आफू कोहलपुरलाई शैक्षिक हव बनाउन यहाँका सामुदायिक र संस्थागत विद्यालयको नेतृत्व गरी सहयोग गर्न अनुरोध गरे ।

यस्तै कार्यक्रम बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व सञ्चालक समिति अध्यक्ष तथा अधिवक्ता नरेन्द्र न्यौपानेले समायोजनमा रहेका समस्यालाई तत्काल निराकरण गर्नुपर्नेमा जोड दिएका थिए । राजनैतिक दल र दलका नेताको हरेक विश्वविद्यालयका हरेक काममा हातेमालो गर्ने र क्याम्पसमा अझै थप संकाय दिनुपर्ने न्यौपानेले जोड दिए ।

यस्तै कार्यक्रम बोल्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बुढाले क्याम्पसका हरेक समस्या, अध्ययनरत विद्यार्थीका समस्या लगायत पाठ्यपुस्तकका समस्या परिक्षा प्रणाली लगायतका समस्या समाधान गर्न आग्रह गरेका थिए ।

यस्तै प्राध्यापक संघका कार्यबहाक अध्यक्ष जयकृष्ण न्यौपानेले प्राध्यापक र कर्मचारीका साझा मागलाई पुरा गर्नेपर्ने धारणा राखेका थिए ।

यस्तै निवर्तमान विभागीय प्रमुख एकराज शर्माले विषयगत प्राध्यापकलाई जानकारी नदिएर विच शैक्षिक सत्रमा विषय हटाउने र राख्ने जस्ता तमाम समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिए ।


शर्माका अनुसार बागेश्वरी बहुमुखी क्याम्पसमा हाल ८–१० जना प्राध्यापकले विद्यावारिधि गर्दै गरेको र अधिकांशले एमफिल गर्दै गरेकोले अबको ५ वर्षमा क्याम्पसमा मुहार बदलिँने प्रतिबद्धता व्यक्त गरे । उत्तरपुस्तिका परिक्षणको पारिश्रमिक र नतिजा प्रकाशनमा ढिलाइ नगर्न अनुरोध समेत गरे ।
यस्तै अभ्यास शिक्षणका विभागीय प्रमुख प्रमोद सुवेदीले निकै लामो समयसम्म काम गर्दै जाँदा खासै उर्जा नथपिएको जानकारी गराए । उनले करार प्राध्यापक र आंशिक प्राध्यापकका मागहरुलाई विश्वविद्यालय पदाधिकारीहरुले गम्भिर भएर काम गन अनुरोध गरे ।

यस्तै कर्मचारी संघका सभापति शिव रेग्मी, उपप्राध्यापक तोयानाथ पहाडी, पुस्करनाथ रिजाल, बाल कुमार शर्मा, रविन्द्र सुवेदी, मायाराम काफ्ले आफ्ना भनाई राखेका थिए ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्य्राजुएट स्कुल अप म्यानेजमेन्टको भवन बन्न लागेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले शिलान्यास गरेका छन् । सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्सको भवन छुट्टै निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । ‘विगत १ वर्षदेखि कमर्स सञ्चालन भएतापनि छुट्टै भवन भने थिएन,’ ‘तर अबको केही महिनामा नै आफ्नै भवन हुनेछ,’ उनले भने । कार्यक्रममा उपकुलपतिले विद्यार्थीबाट आएका हरेक प्रश्नको जवाफ दिएका थिए ।

स्तै कार्यक्रममा ग्य्राजुएट स्कुल अप म्यानेजमेन्टका डिन प्रा.डा. दिप बहादुर रावल, योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा. डा. सिपि रिजाल, पाठ्यक्रम विकास निर्देशनालयक निर्देशक वीर बहादुर पौडेल तथा केन्द्रिय क्याम्पसका पृन्सिपल जसविर रोका सहितका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो । निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण खोपिराम वलीले गरेका थिए ।