पिकनिक खान गएका दुई युवतीकाे राप्तिमा डुबेर मृत्यु




पिकनिक खान गएका बाँकेका दुई युवतीका राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा बस्नेत र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीकाे सिधानियघाटमा पिकनिक खान गएका उनीहरू मंगलबार साँझ पौडी खेल्न नदीमा पसेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार छ जनाको समूहमा पिकनिक खान गएकामध्ये दुई जना नदिमा डुबेका हुन ।

मृतक बस्नेत काेहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसकी छात्रा भएकाे खुलेेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ११ गते बिहीबार