जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ।
शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेकोथियो।
तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए।
‘काठमाडौंबाटै उडेको जहाज थियो। त्यहाँबाट यात्रु बोकेर काठमाडौं आउन लागेको थियो। यात्रुहरू बसिसकेका थिए। त्यसबेला यात्रुले मुसा देखेछन्,’ उनले भने।
जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन्। इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए।
जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले बताए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्