Kohalpur Today Header Ads

नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधिले पार्टी परित्याग, रास्वपामा जाने तयारी




कोहलपुर।

कोहलपुर नगरपालिका वडा नं. ११ का पूर्व वडा सभापति तथा क्षेत्रिय प्रतिनिधि मोहन चापागाईले नेपाली काँग्रेस परित्याग गरेका छन् ।

केन्द्रको राजनितिकको अवस्था देखेर यसमा बस्न मन लागेन । नगर विकास समितिको सदस्य, नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि र कोहलपुुर ११ वडाको पूर्व सभापति हुन् ।

LIfe Ok

उनले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने ‘पहिले नै नेपाली काँग्रेस पार्टी छोड्ने मन थियो,’ ‘तर पार्टी सच्चिएर अगाडि बढ्छ की भनेर लागेको हुँ ।’‘अब सच्चिएर आउँदैन भन्ने ढुक्क भए, त्यसैले रास्वपाको तयारीमा लागेको छु,’ चापागाईले भने ।

उनले सामाजिक सञ्जाल मार्फत नेपाली काँग्रेसकाे कुनै पनि सदस्य नहरने गरी पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार