Kohalpur Today Header Ads

त्रिभुवन माविका शिक्षक आन्दोलित, प्रअ भन्छिन्, ‘आन्दोलनको औचित्य छैन’




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।

विद्यालय प्रशासनले पुराना र लामो समयदेखि अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षककालागि आवेदन खुल्ला गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन । पहिलो दिन हातमा कालोपट्टी बाँधेर साँकेतिक बिरोध जनाएका शिक्षकहरुले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

LIfe Ok

विद्यालयमा रहेका शिक्षकहरुलाई नै प्रयाप्त मात्रामा पिरेड नपुगीरहेको अवस्थामा बाह्य शिक्षक थपेर बिद्यालयमा आर्थिक भार बढाउन खोजेपछि आफुहरु आन्दोलित भएको शिक्षक ज्ञानेश्वर शर्माले बताए ।

अहिले विद्यालयमा ५७ जना शिक्षक कार्यरत रहेका छन ।  २८५ परियडमा २७४ परियड मात्र शिक्षकहरुले पाएको र अझै ११ पिरियड खालि छन् ।

यता बिद्यालयका प्रधानाअध्यापक देवकी थापाले ५ जना शिक्षकहरु स्थाई भएर अन्यत्र गएपछि रिक्त पदमा नै विज्ञापन गरेको बताइन् ।

उनले बिद्यार्थी संख्याको चाप र सेक्सन थप गर्नुपर्दा शिक्षकहरु आवश्यक रहेको भन्दै कुनै स्वार्थले आफुहरुले विज्ञापन नगरेको बताईन । यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई शिक्षा नियमावलीले नै ब्यवस्था नगरेको माग राख्दै आएको भन्दै विद्यालय शान्ति क्षेत्रमा यस्ता आन्दोलनको औचित्य नभएको बताईन् ।

‘पढाउदै गरेका शिक्षकहरुको बर्हिगमन भएपछि सोहि रिक्त पदहरुमा नै विज्ञापन गरिएको हो,’ उनले भनिन्  ‘दरबन्दी श्रृजना गरेर गरिएको बिज्ञापन गरेकाे होईन ।’

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रतन बुढाले बिषयगत शिक्षकहरु बिद्यालयबाट बिदा भएपछि यो प्रक्रिया अगाडि बढेकाले प्रक्रिया स्थगित गर्ने कुनै कारण नभएको प्रष्ट पारे । एउटा कक्षामा ६ वटासम्म सेक्सन निर्माण गरी अध्यापन गराइरहेकाे र अहिले विद्यालयमा ३ हजार ८ सय बढि बिद्यार्थी भर्ना भएकाले १९ स्थाई शिक्षक र ३८ बिभिन्न करार राहतले मात्र अध्यापन गराउन कठिन हुने बताएका छन् ।

४० बर्ष काटेपछि स्थाई गराउन नियमावलीले छेकेको भन्दै बुढाले नियमावली संसोधन गरेर स्थाई गर्न शिक्षकहरुको माग असान्धर्भिक भएको उल्लेख गरे ।

उता शिक्षकहरू हातमा कालो पट्टि बाँधेर आज पहिलो दिन शिक्षकहरुले आफुले कक्षा लिएका थिए । आन्दोलनलाई विद्यालयले गम्भिर रुपमा नलिए आन्दोलनको स्वरुप परिवर्तन हुन जाने र यसबाट पर्ने क्षतिको जिम्मेवार स्कुल प्रशासन तथा विद्यालय ब्यवस्थापन समितिले लिनुपर्ने अडान लिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार