संघीय शिक्षण सिकाइ अनुदान शिक्षक संघर्ष समितिले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

भगवती पोख्रेल, कोहलपुर ।

संघीय शिक्षण सिकाइ अनुदान शिक्षकले आज कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघीय शिक्षण सिकाइ नगर अनुदान संघर्ष समिती कोहलपुरका अध्यक्ष तिलक बुढाथोकीले हस्ताक्षर गरि ध्यानाकर्षण पत्र बुझाएको हो ।

उनको ध्यान ध्यानाकर्षणमा भनिएको छ, देशभरका सामुदायिक विध्यालयमा विद्यार्थी र शिक्षकको अनुपात नमिलेको अझ त्यसमा पनि मुख्य विषयहरु अंग्रेजी गणित र विज्ञान बिषयका शिक्षकको दरबन्दी अभाव रहेको र सोहि अभावलाई केहि हदसम्म कम गर्न शिक्षक सिकाइ अनुदान कार्यक्रम मार्फत विगत २०७४ साल देखि मा.वि तथा आधारभुत तहमा दर्बन्दी अभाव रहेका तथा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयहरुमा उक्त विषय अध्यापनाका लागी त्यस्ता विद्यालयहरुलाई एकमुष्ट अनुदान उपलब्ध गराउदै आईरहेको व्यहोरा जानकारी गराएको छ ।

विद्यालय तहको शिक्षामा अंग्रेजी गणित विज्ञान विषयलाई मुख्य विषय मानिदै आएको छ । यिनै विषयमा अध्यापन गरीरहेको शिक्षककै तलव गत मंसिर महिना देखि नै उपलब्ध गराउन नसकेको पाईन्छ । तलब समयमा नपाएको अवस्था समेत सरोकारवाला जानकारी दिएको छ ।
यधपी २०७४ साल देखि तलबबाट बन्चित हुनुपर्दा शिक्षकका घरपरिवार एवम् दैनिकिमा समेत प्रश्न उठ्नेकुरा स्वभाविक नै छ । यिनै कुरालाई मध्यनजर गर्दै शिक्षकका न्युनतम माग समेत सुनुबाई नहुनु निकै दुखद भएको उल्लेख छ ।

कोहलपुर नगरकार्यपालिकाको कार्यालय, कोहलपुर, शिक्षा युवा तथा खेलकुद शाखा कोहलपुर बाँके, नेपाल शिक्षक माहासंघ, कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन, कोहलपुर, नेपाल शिक्षक संघ,कोहलपुर, एकिकृत अखिल नेपाल शिक्षक संगठन, कोहलपुर, अखिल नेपाल शिक्षक संघ, कोहलपुर, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, कोहलपुर लाई बोदार्थ दिईएको छ । ध्यानाकर्षण बुंदाहरु यस्ता छ्न ।
१. मंसिरदेखिको तलब यथासक्य छिटो निकासा गर्ने ।
२. महङ्गी भत्ताको तत्काल व्यवस्था गर्ने ।
३. पोशाक भत्ता, महंगी भत्ता, चार्डपर्व भत्ताको समान व्यवस्था गर्ने ।
४. पेशागत संग संगठन संग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने ।
५. हरेकपटक बढेर आउने दरबन्दीका शिक्षक सरह समान तलबमान तत्काल लागु गर्नु पर्ने ।
हेर्नोस ध्यान आकर्षक पत्र