प्रदिप कुमाई, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा ११ जनामा पोजेटिभ देखिएको छ । नगरपालिकाले यहि बैशाख १५ गतेदेखि प्रत्येक वडामा पाठेघरको क्यान्सर स्क्रिनिङ्ग तथा व्यवस्थापन सम्बिन्धी शिविर सञ्चालन गरिरहेको छ ।
पाठेघरको क्यान्सर स्क्रिनिङ्ग तथा व्यवस्थापन सम्बिन्धी शिविरका फोकल पर्सन लोकमाया भारतीले ११ जनामा पोजेटिभ देखिएको बताइन् ।
कोहलपुरका ५ वडामा जम्ममा ५ सय ८६ जनामा चेकजाँच गर्दा ११ जनामा पोजेटिभ र ५ सय ७५ जनामा नेगेटिभ देखिएको फोकल पर्सन भारतीले बताइन ।
भारतीका अनुसार शौलियत उपचारको लागि सम्बन्धीत ठाँउमा रिफर गरिसकेको बताइन् । आइतबार कोहलपुर नगरपालिका १० मा पनि शिविर भएको थियो ।
कोहलपुर वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी भट्राईको सभापति र शिविरका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले शिविरको उद्घाटन गरेकी थिइन ।
कोहलपुर नगरका सबै स्वास्थ्य संस्थाहरुमा यो अभियान सञ्चालन हुने सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले बताए ।
यस्तै स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नसिङ्ग निरिक्षक विष्णु श्रेष्ठ र स्टाप नर्स लक्ष्मी ठाकुरले स्क्रिनिङ्ग टेष्ट गर्ने काम गरिरहेका छन् । शिविरमा करिब १ सय ५० जना बढिको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्