काेहलपुर ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको २४ औ जिल्ला परिषदमा ‘जमर्काे’ काे विमाेचन गरेकाे छ ।
आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले २४ औ जिल्ला परिषदकाे अवसरमा जिल्ला परिषदमा प्रकाशन विभागद्धारा प्रकाशित हाम्राे जमर्काे’ काे विमाेचन स्मारिका विमोचन गरेकाे हाे ।
२४ औ जिल्ला परिषदमा संगठन बाँके अध्यक्ष रेखा धितालको अध्यक्षता तथा संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीको प्रमुुख अतिथि रहेका थिए ।
परिषदकाे अवसर पारेर विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बालबिकास शिक्षक, विद्यालय कर्मचारी र मौलानालाई सम्मान गरिएको गरिएको संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले काेहलपुर टुडेलाई जानकारी दिए ।
यस्तै परिषदमा एसईई परीक्षा २०७८ मा बाँके जिल्लाबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुुदायिक विद्यालयका धम्बेझी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अंश मिश्र र लक्ष्मी मााध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मदुुईकी छात्रा दुुर्गा देवकोटा रहेका छन् ।
यस्तै कार्यक्रममा जनज्ञान ज्योती माध्यमिक विद्यालयका अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.विका अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि.जि.गाउँमा कार्यरत बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ मा कार्यरत विद्यालय कर्मचारी सुुदामा लोनिया सम्मानित भएका थिए ।
कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थिक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।
यस्तै राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बि.सी. ,प्राज्ञ सदस्य महानन्द ढकाल, संगठनका पुुर्व अध्यक्ष डम्बरराज सुुबेदी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २ सय बढी शिक्षकको उपस्थिति रहेको थियो ।
काेहलपुर टुडे । ३१ बैशाख २०८०, आईतवार १७:११