कोहलपुर ६ रझेनाकी २२ वर्षीया सुमित्रारानी मृत अवस्थामा फेला

कोहलपुर ।

कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका–९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिए ।

थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।