कोहलपुर ।
कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् ।
नेपालगञ्ज उपमहानगरपालिका–९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिए ।
थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्