दाङमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

दाङ।

दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ का बर्ष १४ का बिनोद चौधरी रहेका छन् ।

ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

तुलसीपुर-१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट शुक्रबार बिहान साढे ११ बजेतिर बालक खसेका थिए । घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ ।