Kohalpur Today Header Ads

कोहलपुरका ८० जना महिलालाई उद्घोषण तालिम




कोहलपुर ।

कोहलपुर नगरपालिकाले महिला सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्य तीन दिने उद्घोषण तालिम सुरु गरेको छ । बिहिबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले उद्घाटन गर्दै तालिम सुरु भएको हो ।

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले महिला सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले यो तालिमको सुरुवात गरेको बताए ।

LIfe Ok

महिलाहरुको क्षमता अभिवृद्धि तालिम समाज रुपान्तरणकै एउटा पाटो हो’, ‘त्यसलाई सशक्तिकरण गर्ने यो तालिम महत्वपूर्ण काम हुनेछ’ उनले भनिन् ।

तालिमको प्रशिक्षकमा कोहलपुर जेसिजका अध्यक्ष ईश्वर शर्मा र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्का रहेका छन् ।

तालिममा पहिलो चरणमा ४० जना र दोस्रो चरणमा ४० जना गरी जम्मा ८० जना सहभागि हुनेछन् आर्थिक विकास समिति संयोजक अनिता कुमारी बुढाक्षेत्रीले बताइन् ।

यस्तै महिला तथा बालबालिका शाखाका अधिकृत घटना शाह, तारा भण्डारी लगायत स्थानिय पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार