पेस्तोलसहित नेपालगञ्जबाट एकजना पक्राउ




काेहलपुर । 

बाँकेको नेपालगञ्जबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बाँके पहरीले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित मंगलबार राती पक्राउ गरेको हो ।

नेपालगञ्जस्थित डान्सबारबाट निस्किँदै गर्दा उनको साथबाट पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

रिजालको साथबाट मेड इन युएसए लेखिएको १ राउण्ड गोली रहेको पेस्तोल सहित बाँके प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाढी बढाएको जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार