‘समन्वय र सहकार्य आवश्यक छ’

कोहलपुर ।

गोरखापत्र प्रकाशनको १ सय २३ औं तथा संस्थानको ६१ औं वर्ष प्रवेशको अवसरमा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए ।

मंगलबार कोहलपुरमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुरलाई मिडियामैत्री नगरपालिक बनाउन लागेको बताए । ‘कोहलपुर नगरपालिकाले हरेक क्षेत्रमा प्रभावकारी र निष्पक्ष ढंगबाट काम गरिहेको छ’ उनले भने ।

कोहलपुरबाट प्रकाशन हुने यस गोरखापत्र संस्थानले कोहलपुरको समग्र विकास र समृद्धिका लागि भूमिका खेल्नुपर्दछ त्यसको लागि नगरपालिकाले गर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गोरखापत्रले विगतदेखि आजसम्म जनसरोकारका विषयहरुमा आवाज बुलन्द गरेको बताउँदै स्थानिय तहले हातेमालो गर्न तयार गरिएको छ । गोरखापत्रको संस्थागत विकासका लागि संस्थागत प्रवद्र्धनमा साझेदारी गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले गोरखापत्रले सबैका साझा बिषयबस्तुलाई सन्तुलित रुपमा उठान गरेकोमा खुसी व्यक्त गरे ।

उनले गोरखापत्रले उठान गर्ने बिषयले जनसरोकारका मुद्धालाई थप परिस्कृत गर्दे लैजानुपर्नेमा जोड दिए । उनले हिजोको अवस्था भन्दा आज गोरखापत्रले निजि क्षेत्रसंग प्रतिस्पर्धा गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

यस्तै कार्यक्रममा नेपाल टेलिभिजन कोहलपुरका कार्यालय प्रमुख बिजय बर्माले लामो इतिहास बोकेको गोरखापत्रले आगामी दिनमा थप रचनात्मक भूमिका निर्वाह गर्न सफल होस् भन्ने शुभकामना मन्तव्य दिए । उनले गोरखापत्रले घर घरमा सूचना प्रवाह गरेर मानिसहरुको बैद्धिकता र सृजनसिलतामा बृद्धि गरिरहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्ति मगर, कोहलपुर नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष माधव रिजाल र जिल्ला हुलाक कार्यालय बाँकेका प्रतिनिधि छबिलाल खड्का लगायतको सहभागिता रहेको थियो ।

गोरखापत्र संस्थान ,पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरका कार्यालय प्रमुख राम बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थान कोहलपुरका भाषा सम्पादक दामोदर पौडेलले स्वागत मन्तब्य दिएका थिए ।