कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा (सूचना सहित)

कोहलपुर ।

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा भोली (अर्थात २५ गते) सार्वजनिक विदा दिने भएको छ ।

नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो । कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवसमा पहिलो पटक सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाको कार्यपालिकाको बैशाख २४ गते बसेकाे बैठकको निर्णयानुसार कोहलपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा बैशाख २५ गते कोहलपुर स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् सार्वजनिक निकायहरु सार्वजनिक विदा दिने सूचना गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष नम बहादुर आले मगरले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष आले मगरका अनुसार सार्वजनिक विदा भएता पनि नगरपालिकाले दिने आकस्मिक एवम् अत्यावश्यकीय कार्यहरु सूचारु हुने बताए ।

नगरपालिका बासीहरुलाई सबैलाई स्थापना दिवस मनाउन नगरपालिकाको प्राङ्गणमा भोली (अर्थात २५ गते) विहान १०ः३० बजे अनिवार्य उपस्थितिको लागि कोहलपुर नगरपालिकाका प्रवक्ता आलेले सबैमा अनुरोध गरेका छन् ।

वि.स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।

सूचना