कोहलपुर ।
कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम गरेको छ ।
कोहलपुर नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, नगर प्रहरी र सुरक्षाकर्मीहरुले संयुक्त रुपमा नगरपालिकाको १०औं स्थापना दिवसको अवसरको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम गरिएको हो ।

कोहलपुर नगरपालिकाको चौराह क्षेत्रको वरीपरी सरसफाई गरिएको उपप्रमुख संगिता सुवेदीले बताइन् ।
नगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा भोली विहान ७ बजेदेखि लामोदुरीको दौड(छात्राछात्र) र कोहलपुरको समृद्धि र विकासमा सरोकारवाला पक्षको भूमिका भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता हुने लागेकोले कोहलपुर नगरपालिकाको गेटमा सबै सहभागिको लागि अनुरोध गरिन् । सो प्रतियोगितामा ९ देखि १२ कक्षा सम्मका हुनेछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्