Kohalpur Today Header Ads

कोहलपुरमा नगर युवा तथा बाल क्लबद्वारा सरसफाई अभियान




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नगर युवा क्लब तथा बाल क्लबद्वारा सरसफाई अभियान सुरु गरेका छन् । विगत वर्षका दिनहरुमा सरसफाई अभियान निरन्तर सञ्चालन गरिरहेका तर यो वर्षमा भने आजबाट पुनः सरसफाई अभियान सुरु गरेका छन् ।

प्रत्येक वर्षमा नगर युवा क्लब तथा बाल क्लबले प्रत्येक हप्ता, कहिले काँही महिनाको एक पटक कोहलपुरका विभिन्न क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

LIfe Ok

पुनः २०८० सालमा पनि आजदेखि कोहलपुरको न्यूरोडदेखि गोलपार्कसम्म सरसफाई गरेका छन् ।

यस्तै नगर युवा क्लबका अध्यक्ष रमेश वर र नगर बाल क्लब अध्यक्ष उपेन्द्र आचायले एक वर्षसम्मका लागि अभियान सञ्चालन गरेका छन् ।

कोहलपुरका विभिन्न क्षेत्रमा हप्ता/महिनामा एक पटक सरसफाई कार्यक्रम गर्ने अभियान यो वर्षसम्म नै सञ्चालन हुने नगर युवा क्लबका अध्यक्ष रमेश वरले कोहलपुर टुडेसंग बताए ।

यो सरसफाई अभियानमा नगर युवा क्लब र नगर बाल क्लबका पदाअधिकारी, सदस्य र बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार