प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु

कोहलपुर ।

कोहलपुर नगरपालिका-२ लक्ष्मी माविमा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु भएको छ । बर्दहवा तेक्वान्दो डोजाङ्गको आयोजना र पञ्चमुखी र लक्ष्यशिला तेक्वान्दो डोजाङ्गको सह आयोजनामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य श्रीमान थापा मगरको प्रमुख अतिथि र कार्यक्रमको सभापति बर्दहवा तेक्वान्दो डोजाङ्गका अध्यक्ष बल बहादुर ओली रहेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै थापाले ‘खेलाडिका लागि प्लेट र्फम दिइयो भने उत्कृष्ट खेलाडि उत्पादन गर्छ’ जसलाई बाँके तेक्वान्दो संघले गरिरहेको भन्दै प्रशंसा गरे । उनले बाँकेमा तेक्वान्दो खेलाडिहरुलाई स्थानिय पालिकाहरुले समेत आफ्नो बजेट व्यवस्थापनमा समेटनुपर्ने थापाले बताए ।

यस्तै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेका अनुसार प्रतियोगितामा २२ वटा क्लबबाट ३ सय ५० जना खेलाडि सहभागी रहेको बताए । लामिछानेले कोहलपुरका तेक्वान्दो खेलाडिका लागि खेलकुद मैदान नभएको भन्दै गुनासो पोखेका थिए ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले उत्कृष्ट खेलाडि उत्पादन गर्न र कोहलपुरलाई खेलकुद हवका लागि खेलकुद समिति समेत खडा गरी कार्यालय समेत उपलब्ध गराईसकेको बताए ।

‘खेलकुद सम्बन्धी सम्पूर्ण काम र कारवाही सो समितिले गर्नेछ,’ उनले भने, ‘पालिकाले बजेटको व्यवस्थापन गर्ने हो ।’ सो समितिसंग समन्वय गरी खेलकुद विकासमा सबैको पहलकदमी आवश्यक रहेको उनको भनाई थियो ।

यस्तै प्रतियोगितामा तेक्वान्दो संघका लुम्बिनी प्रदेश उपाध्यक्ष महेश थापा, प्रदेश सदस्य मोहन वली र श्याम भट्टराई र मेन जुरि नेत्रबहादुर थापाले रेफ्रिको भूमिका रहेका छन् ।

प्रतियोगिता भोली समापन हुने कार्यक्रमका सभापति तथा बर्दहवा तेक्वान्दो डोजाङ्गका अध्यक्ष बल बहादुर ओलीले बताए ।