Kohalpur Today Header Ads

बलात्कार आरोपमा एक किशोर पक्राउ




बलात्कार आरोपमा दाङको तुलसीपुरबाट एक किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल बबई गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएका १६ वर्षीय किशोर पक्राउ परेका हुन्।

तुलसीपुर– ६ की एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको उजुरीका आधारमा मंगलबार ती किशोर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा ती किशोरविरूद्ध मंगलबार पीडितले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले ती किशोरलाई तुलसीपुर–३ स्थित घरबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

LIfe Ok

पीडित युवतीले जाहेरीमा ती किशोरले आफूलाई ललाइफकाइ वैशाख १६ गते बाँकेको नेपालगञ्ज र सोही दिन राति ९ बजेतिर तुलसीपुर–३ स्थित आफ्नो खाली घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन्।

पीडितको अवस्था सामान्य रहेको तथा उनको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार किशोरले आफ्नो मोबाइल बेचेर ती युवतीलाई नेपालगञ्ज घुमाउन लगेका थिए।

किशोरले घरमा लगेर राखेपछि युवतीले विवाह गर्न दबाब दिएकी थिइन्। उमेर पुगेपछि बिहे गरौंला भन्ने किशोरको दाबीपछि युवती घर फर्किएर घटनाबारे आफन्तलाई बताएकी थिइन्। त्यसपछि उनले बलात्कारको मुद्दा दिएको स्रोतले बताएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार