काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।
स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।
नेपाल भित्रबाट काठमाण्डाैका लागि उडेका जहाजहरू आकाशमा घुमिरहेका छन् ।
काेहलपुर टुडे । ११ बैशाख २०८०, सोमबार २२:१२