Kohalpur Today Header Ads

बारा, चितवन र तनहुँमा मतदान सुरु




बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो।

LIfe Ok

तीन निर्वाचन क्षेत्रमा आज भइरहेकाे मतदानमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार रहेका छन्। बारा–२ मा जनता समाजवादीका अध्यक्ष रामसहायप्रसाद यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्।

तनहुँ–१ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्।

त्यस्तै चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार छन्। त्यहाँ नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार