कोहलपुर ।
जातिय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकालि मेची अभियानमा हिडेका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।
आज कोहलपुरमा दलित मोर्चा तथा अन्य विभिन्न संघसंस्थाहरुले महाकालि मेची अभियानमा हिडेका महिला पत्रकारलाई स्वागत गरिएको हो ।
सो अभियानलाई रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनार लगायतको टिमले स्वागत गरेको थियो । स्वागत गर्दै अभियानमा हिडेका महिला पत्रकारले समाजमा रहेको विभिन्न किसिमका घटना तथा परिघटनालाई न्यूनिकरण गर्ने उद्देश्यका साथ आएकी थिइन् ।
यस्ता अभियानहरु निरन्तर सञ्चालन भएमा सराकात्मक सन्देश प्रवाह हुने विश्वास लिएका छन् । महाकालि मेची अभियानमा हिडेका महिला पत्रकारहरु रीता बुढाथोकी, ईन्दिरा बिश्वकर्मा र संगीता नेपाली रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्