मेरो विद्यालय मेरो जिम्मेवारी : असल अभ्यास र अनुभव साटासाट

कोहलपुर ।

कोहलपुर नगरपालिकामा ‘मेरो विद्यालय मेरो जिम्मेवारी’ भन्ने कार्यक्रम अघि सारेको छ । कोहलपुर नगरपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयका प्रअहरु विच भएका असल अभ्यास र अनुभव साटासाट गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

युवा तथा खेलकुद शाखाले मावि, निमावि र प्रावि गरी तिन तहमा विभाजन गरी तीन वटा विद्यालयमा यो कार्यक्रम लागू गरेको छ । सोही कार्यक्रम अनुसार शुक्रबार कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति प्राविमा प्रअहरुका असल अभ्यास र अनुभवन साटासाट गरे ।

कोहलपुरका करिब २० भन्दा बढि प्रअहरुको सहभागितामा भएको यस कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले शैक्षिक हव बनाउने संकल्प गुरा गर्न करिब कुल बजेटको ११ प्रतिशत विनियोजन गरेको बताइन् । कोहलपुर नगरपालिकाले अन्य क्षेत्रभन्दा शिक्षामा बढि नै खर्च गरेको छ किनकी शिक्षाले नै विकासका ढोकाहरु खुल्ने भएकोले यस कार्यक्रम प्रभावकारी रहने विश्वास व्यक्त गरिन् ।

यस्तै विभिन्न विद्यालयका प्रअहरुले काम गरिहेका सकारात्मक क्रियाकलापहरुलाई अर्को विद्यालयका प्रअले त्यसलाई कार्यान्ववयन गर्ने सहज हुनेछ भने प्रअहरु विच नै अभ्यास र अनुभव साटासाट भयो भने गुणस्तर र प्रभावकारी शिक्षण सिकाई हुने नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताए ।

शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रि प्रसाद सापकोटाले विद्यालयमा भित्रे पात्तो सार्वजनिक, लिपिबद्ध गरेको, हाजिरी उपस्थितिलाई विश्लेषण गरी पुरस्कारको व्यवस्था गरेको र उपचार खर्च वाफत प्रति विद्यार्थीलाई ५ सयका दरले चालू आर्थिक वर्षमा ४२ हजार खर्च भएको बताए ।

उनका अनुसार विद्यालयका आफ्ना बालबालिकाहरुले गरेका गतिविधिहरुलाई प्रदर्शन गरेका थिए । सोही अनुसार ज्ञानज्योति मावि चप्परगौडिका प्रअ विनोद लम्साल, जनज्ञानज्योति माविका प्रअ सुमित्रा न्यौपाने लगायत ५ जना प्रअहरुले आफ्नो अभ्यास र अनुभव साटासाट गरेका थिए ।

यस्तै काेहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजार, विभिन्न विद्यालयका प्रअ, अभिभावक लगायत उपस्थित रहेको थियो ।