संघर्ष रोज ग्रुपले ५० जना सुत्केरी महिलाहरुलाई प्याड वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको संषर्घ रोज ग्रुपले दोस्रो स्थापना दिवसको अवसरमा ५० जना सुत्केरी महिलाहरुलाई प्याड वितरण गरेको छ ।

शुक्रबार संघर्ष रोज ग्रुपले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५० जना सुत्केरी महिलाहरुलाई प्याड वितरण गरेको अध्यक्ष तुलसी सुनारले बताइन् ।

स्थापना दिवसको अवसरमा महिलाहरुले प्याड किन प्रयोग गर्नुपर्छ ? भन्ने विषयमा समेत चर्चा भएको थियो ।

कोहलपुर नगरपालिका ३ आनन्द नगरमा संघर्ष रोज ग्रुपले विगत २ वर्षदेखि प्याड उत्पादन गरी बजारमा ल्याएको छ ।

अध्यक्ष सुनारले कटनकाे प्रयाेग भएकाेले पाठेघरकाे क्यान्सर हुनबाट जाेगाउँछ भने जेलकाे प्रयाेग गरिकाेले सुख्खा रहन्छ कपडामा लाग्ने डर हुँदैन ।

यस कम्पनीले उत्पादन गरेका प्याडहरू मिडियम साइज भएकाेले सबै खालका महिलाहरूले प्रयाेग गर्ने सकिन्छ भने उच्च साेसन शक्ति भएकाेले लामाे समयसम्म प्रयाेग गर्ने सकिने अध्यक्ष सुनारले बताएकी थिइन् ।

यस्तै कम मुल्यमा गुणस्तरीय सामान प्रयाेग गर्ने पाइन्छ भने महिलाकाे प्रजनन स्वास्थ्यकाे लागि उपयाेगी छ भन्ने उनले विश्वास व्यक्त गरिन् ।

यस्तै संघर्ष रोज ग्रुपकी प्रबन्धक गिता देवी सुनारले गुणस्तरीय र प्रभावकारी रुपमा उत्पादन गरी बजारीकरण भइरहेको बताइन् । प्याड नै किन प्रयोग गर्ने भन्ने विषयमा ६ वटा बुदामा उल्लेख गरी ५० जना सुत्केरी महिलाहरुलाई प्याड वितरण गरेको हो ।