बैजनाथमा गाडिको ठक्करबाट ६ वर्षका बालककाे मृत्यु

कोहलपुर ।

बैजनाथ गाउँपालिकामा बाटो काट्ने क्रममा गाडीको ठक्कले ६ वर्षका हर्षित थारुको मृत्यु भएको छ ।

सोमबार दिउसो करिब १२ बजेतिर बैजनाथ गाउँपालिका ६ जिगाउँ नजिकै पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भे १ ज १२६८ नम्बरको मेजिक गाडिले ठक्कर दिँदा बैजनाथ ६ का ६ वर्षका हर्षित थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

डिएसपीका अनुसार चालक कोहलपुर नगरपालिका ३ मदनचोकका प्रमोद गन्दर्भ र सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धानको काम भईरहेको छ ।
चालकको लापरवाही हो की एक्कासी भएको भन्ने बारे अनुसन्धान हुँदैछ । घटना स्थलमा तीन जना बच्चा रहेको र त्यसमध्ये १ बच्चाले एक्कासी बाटो काट्दा गाडीको ठक्कर लागेको गन्दर्भले प्रहरीलाई बयान दिएको तिवारीले बताए ।