काठमाडौं ।
प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार कम भिजिविलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरु डिले हुने समस्या छ ।
आइतबार बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम हुँदा उडानहरु प्रभावित बनेका हुन् । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य भइरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार













प्रतिक्रिया दिनुहोस्