संस्थागत विद्यालयहरुको शुल्क समायोजन र वर्गीकरण, ९ विद्यालय ‘क’ श्रेणीमा (पूर्ण विवरण)

कोहलपुर ।

कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयहरुको शुल्क समायोजन र बर्गाीकरण गरेको छ ।

कोहलपुर नगरपालिकाले नयाँ योजना सहित नयाँ बर्षदेखि लागूहुने गरी संस्थागत विद्यालयहरुको शुल्क समायोजन र वर्गीकरण गरेको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा चैत १६ गते ३७ वटा विद्यालयहरुको वर्गीकरण गरिएको र कोहलपुरका सबै संस्थागत विद्यालयहरुको शुल्क समायोजन गरिएको थियो ।

कोहलपुर नगरपालिका युवा तथा खेलकुद शाखाका प्रमुख तथा कार्यवहाक प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमालका अनुसार संस्थागत विद्यालयहरुले अनियमिता तरिकाले शुल्क लिएको गुनासाहरु आएपछि शुल्क समायोजन र वर्गाीकरण समेत गरेको कोहलपुर टुडेलाई बताए ।

उनका अुनसार ९ वटा विद्यालय क श्रेणी, १० वटा ख श्रेणी, ६ वटा ग श्रेणी र १२ वटा घ श्रेणीमा परेका छन् ।

कक्षा नर्सरी देखि कक्षा १० सम्म शुल्क समायोजन गरेको छ । २०७४ सालको शुल्क भन्दा १० प्रतिशतले बृद्धि गरेको हमालले जानकारी दिए ।

उनका अनुसार हामीले तोकेको भन्दा १ रुपैया बढि लिइएको पाएको खण्डमा नगरपालिकाको नियम, कानून र कार्यविधि अनुसारको कारवाही हुनेछ । यदि कसैले अनुमति विना कक्षा सञ्चालन गरेको छ भने अभिभावक तथा विद्यार्थी स्वयम्ले समेत नगर शिक्षामा उजुरी दिन सक्ने हमालले बताए ।

समायोजन मुल्य सुची र वर्गीकरण हेर्नुहोस् ।