काेहलपुर ।
मध्यपश्चिम् विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुरमा माक्स खोइ अभियान सञ्चालनमा आएको छ । नेपाल लगायत विश्वमा कोभिड १९ को तेस्रो लहर वा ओमिक्रोन तथा डेल्टा भाईरसले प्रभाव पारेदेखी नेपाल सरकारले मिति २०७८ साल पौष २७ देखि माघ १५ गते सम्म विद्यालयमा पठनपाठन बन्द गरेको छ ।

सरकारले यो अभियान सन्चालन गरे पनि नेपालमा उच्च शिक्षा दिने निकाय विश्वविद्यालयहरुले भने कुनै जानकारी दिएका छैनन् । यश बारेमा नबोल्दा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले माक्स खोइ अभियान सञ्चालनमा ल्याएको हो । यश अघि क्याम्पस प्रमुख दान बहादुर हमालले विश्वविद्यालयको आधिकारिक सूचना नआएकोले क्याम्पसमा पठनपाठन सन्चालन हुने सूचना समेत गराएका थिए ।

कोभिड १९ बाट बचन अनि बचाउनका लागि बागेश्वरी बहुमुखी क्याम्पसमा अनिवार्य माक्स लगाउन अभियान सञ्चालनमा ल्याएको पाठ्यक्रम तथा मूल्याङन विभागका विभागीय प्रमुख एकराज शर्माले कोहलपुर टुडेलाई जानकारी गराएका छ्न । उक्त अभियानमा माक्स नलागाएका विद्यार्थीहरुलाई माक्स वितरण गरिएको थियो ।

स्नातक तह तेस्रो तथा पांचौ सेमेस्टरका विद्यार्थीहरुलाई अनिवार्य माक्सको प्रयोग गर्न तथा सामाजिक दुरि कायम राखेर कक्षामा बस्न भनिएको थियो । उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू सहित कार्यक्रम सञ्चालन गरिएको क्याम्पस प्रमुख हमालले जानकारी गराए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्