बैजनाथमा नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

कोहलपुर ।

बैजनाथ गाउँपालिकाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बिहिबार बैजनाथ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शाहीले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए । काम गर्ने क्रममा केही तिक्तता शब्द प्रयोग भएपनि नयाँ बर्षदेखि नयाँ जोस, जागर र सोचका साथ अगाडि बढ्ने विषयमा सबै पालिकाबासीहरुलाई शुभकामना दिँदै आग्रह गरेका थिए ।

यस्तै शुभकामना कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले लगायत कर्मचारी, पत्रकारहरुले शुभकामना आदानप्रदान गरेका थिए ।  पालिकाका अधिकृत डोटी नेपालीले कार्यक्रमको सञ्चालन गरेका थिए ।