कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा सार्वजनिक जग्गा उपलब्ध गराउने भनी ठगी गर्ने ३ जना पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलिलाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले केही दलालहरुले सार्वजनिक जग्गा वितरण भइरहेको छ भनी ठगी गरिरहेको भन्ने सूचना दिएपछि प्रहरीले खोजी कार्य तिव्र बनाएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार पहाडी जिल्ला डोल्पा, रूकुम, जाजरकोटका मानिसहरूलाई बाँके र बर्दियामा जग्गा वितरण भैरहेको छ भनी झुठो आश्वासन दिई करिब ६ सय मानिसहरुको फारम समेत भरेको पाइएको बताए ।
सो फारम भरेको टोली बैजनाथ गाउँपालिका २ पितमारीमा रहेको खाली जग्गामा आएका थिए ।
तिवारीका अनुसार प्रतिव्यक्ति ५ सय का दरले करिब ६ सय बढिको फारम भरेको पाइएको छ । पक्राउ पर्नेमा जिल्ला जाजरकोट कुसे गाँउपालिका ५ का ३८ वर्षका मोहनजंग शाह, नलगाड नगरपालिका ११ का ४४ वर्षका नरे कामी र डोल्पा ठुलोभेरी नगरपालिका ७ का ६० वर्षका सुनरुपा ठकुल्ला रहेका छन् । पक्राउ परेको व्यक्तिहरुमा थप अनुसन्धान भइरहेको कोहलपुर टुडेलाई तिवारीले जानकारी दिए ।
याे पनि हेर्नुहाेस् ।
सार्वजनिक जग्गामा कसैकाे हस्तक्षेप भएको छैन, अफवाह फैैलाईयो : अध्यक्ष प्रकाश शाही
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्