कोहलपुरका ५४ टोल विकास समितिलाई क्षमता विकास तालिम

कोहलपुर ।

कोहलपुर नगरपालिकाले टोल विकास समितिहरुलाई क्षमता विकास तालिम दिइएको छ । कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका ५४ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई सामाजिक विकास शाखाको आयोजनामा क्षमता विकास सम्बन्धी तालिम दिएको हो । विगत एक महिनादेखि सुरु भएको सो तालिममा आज कोहलपुर नगरपालिका १२ को १२ वटा टोल विकास समितिलाई क्षमता विकास तालिम दिँदै समापन भएको थियो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माको सभापत्वि र कोहलपुर नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमालको प्रमुख अतिथिमा क्षमता विकास तालिम समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत हमालले नगरपालिकाले तयार गर्ने योजना तथा बजेट व्यवस्थापनमा टोल विकास समितिले समेत प्रभावकारी भूमिका हुने भएकोले टोल विकास समतिलाई क्षमता विकास तालिम दिइएको बताए । कोहलपुर नगरपालिकाका १५ वटाका ५४ वटा टोल विकास समिति रहेका छन् अझै केही दर्ता हुन बाँकी रहेका छन् ।

तालिमको प्रशिक्षक बुद्ध सुनार रहेका छन् भने तालिममा कोहलपुर नगरपालिकाको कार्यविधि र टोल विकास समितिको काम, जिम्मेवारी र कारवाहीको बारेमा तालिम दिइएको थियो ।

यस्तै तथा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका सभापति ईश्वरी प्रसाद विश्वकर्माले नगरपालिकाले निति तथा कार्यक्रममा टोल विकास समितिले आफ्नो टोलमा भएका समस्याहरुलाई समाधान गर्नका लागि पहल गर्ने उद्देश्यले तालिम दिइएको बताए । ‘कुन टोलमा के समस्या छ ? कसरी समाधान गर्ने हो ? कसले समस्या समाधान गर्ने विषयमा जानकारी दिनका लागि तालिम दिएका थियौं’ उनले भने ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष डम्बर बहादुर खड्का, सामाजिक विकास शाखा प्रमुख शुशिला थापा, सामाजिक विकास शाखाका सहायक पाँचौ तहका इन्द्रमणी ढकाल, सामाजिक विकास शाखाका अपरेटर पाँचौ तहका रोशन चापागाई लगायत उपस्थित रहेको थियो ।