मेयर बालेनको अभिव्यक्तिप्रति संघीय सरकारको आपत्ति

काठमाडौं  ।

संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

साथै कानुन सम्वत रुपमा काम गर्न र अन्य मुद्दालाई फोहोरसँग नमिसाउन आग्रह समेत गरेको छ । काठमाडौंका मेयर बालेनको निर्देशनमा तीन दिनदेखि सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन रोकिएको छ ।

सिंहदरबारको फोहोर नठाउने भन्दै शनिबार सामाजिक सञ्जालमा ‘साँच्चिकै देश सफल गर्नु परे त्यहाँ (सिंहदरबार) का नेताहरुलाई सिसडोलमा पम्प गर्नुपर्ने हुन्छ’ भनेका थिए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा बालेनको अभिव्यक्ति र फोहोर रोक्न कदमबारे छलफल भएको छ ।