Kohalpur Today Header Ads

रुकुमेली सेवा समाज राप्तीसोनारीको अध्यक्षमा दल बहादुर खड्का




काेहलपुर ।

रुकुमेली सेवा समाज राप्तीसोनारीको अध्यक्षमा दल बहादुर खड्का चयन भएका छ्न ! शनिबार राप्तीसोनारी ८ सम्शेरगजमा भएको गाउँपालिका स्तरीय रुकुमेलीहरुको भेलाबाट खड्का अध्यक्षमा चयन भएका हुन । खडकाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा शोभा वली,सचीवमा सरोज कुमार विश्वकर्मा ,कोषाध्यक्षमा हिरालाल केसी,सहसचिवमा मन बहादुर बोहोरा चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर केसी,मन कुमारी बिष्ट ,मनबिर बिक र हरि बहादुर वली चयन भएका छ्न ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २५ गते शनिबार