आर्थिक मन्दीका कारणले कोहलपुरमा दर्जन बढि व्यवसाय बन्द

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा आर्थिक मन्दीका कारणले दर्जन भन्दा बढि व्यवसाय बन्द भएका छन् ।

कोहलपुर नगरपालिका भित्र १५ वटा वडामा आर्थिक मन्दीका कारणले दशविगाह, न्यूरोड हाइस्कुल, मदनचोक, चप्परगौडी लगायत अन्य क्षेत्रमा करिब १४ वटा खुद्रा तथा अन्य व्यवसायीहरुले व्यवसाय बन्द गरेका छन् ।

कोहलपुर नगरपालिकाका ११ मा सबै भन्दा बढि व्यवसायीहरुले व्यवसाय बन्द गरेका छन् भने अन्य वडामा कम मात्रामा व्यवसाय बन्द गरेका छन् ।

कोहलपुर नगरपालिका ११ का एक व्यवसायीले व्यापार व्यवसाय छैन घरभाडा मात्र तिरेर कति बस्नु त्यसैले व्यवसाय नै बन्द गरी गाउँमा जान थालेको बताए ।

कोहलपुर नगरपालिकामा व्यवसायीक हकहित संरक्षण समितिले समेत सो विषयमा आन्दोलनका कार्यक्रमहरु घोषण समेत गरिसकेको छ । समितिका अनुसार कोहलपुरका १८ वटा बैंकहरु रहेको तथ्थांक कोहलपुर टुडेलाई उपलब्ध गराएको थियो ।

कोहलपुर उद्योग वाणिज्य संघमा ३ हजार ५ सय भन्दा बढि सदस्य रहेका यस क्षेत्रमा व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्ने क्रममा रहेका छन् । कोहलपुर नगरपालिकाको हाइस्कुलदेखि न्यूरोडसम्म बैंकले १३ वटा घरहरु लिलाम गर्ने प्रक्रियामा रहेको व्यवसायीक हकहित संरक्षण समितिले जनाएको छ ।