कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा आर्थिक मन्दीका कारणले दर्जन भन्दा बढि व्यवसाय बन्द भएका छन् ।
कोहलपुर नगरपालिका भित्र १५ वटा वडामा आर्थिक मन्दीका कारणले दशविगाह, न्यूरोड हाइस्कुल, मदनचोक, चप्परगौडी लगायत अन्य क्षेत्रमा करिब १४ वटा खुद्रा तथा अन्य व्यवसायीहरुले व्यवसाय बन्द गरेका छन् ।
कोहलपुर नगरपालिकाका ११ मा सबै भन्दा बढि व्यवसायीहरुले व्यवसाय बन्द गरेका छन् भने अन्य वडामा कम मात्रामा व्यवसाय बन्द गरेका छन् ।
कोहलपुर नगरपालिका ११ का एक व्यवसायीले व्यापार व्यवसाय छैन घरभाडा मात्र तिरेर कति बस्नु त्यसैले व्यवसाय नै बन्द गरी गाउँमा जान थालेको बताए ।
कोहलपुर नगरपालिकामा व्यवसायीक हकहित संरक्षण समितिले समेत सो विषयमा आन्दोलनका कार्यक्रमहरु घोषण समेत गरिसकेको छ । समितिका अनुसार कोहलपुरका १८ वटा बैंकहरु रहेको तथ्थांक कोहलपुर टुडेलाई उपलब्ध गराएको थियो ।
कोहलपुर उद्योग वाणिज्य संघमा ३ हजार ५ सय भन्दा बढि सदस्य रहेका यस क्षेत्रमा व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्ने क्रममा रहेका छन् । कोहलपुर नगरपालिकाको हाइस्कुलदेखि न्यूरोडसम्म बैंकले १३ वटा घरहरु लिलाम गर्ने प्रक्रियामा रहेको व्यवसायीक हकहित संरक्षण समितिले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्