कोहलपुर ।
भरतपुर महानगरपालिका न्यायिक समितिको अवलोकन भ्रमण गरेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका स्थानिय तहहरुसंग न्याय सम्पादनका आफ्ना गतिविधि थप प्रभावकारी बनाउने उद्देश्यले भरतपुर महानगरपालिकाबाट १७ गतेदेखि २४ गतेसम्मका लाग तीन प्रदेशमा भ्रमण गरेका छन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले नेतृत्वमा भ्रमण टोलिमा उपसचिव गणेश नेपाली, कानुनी सल्लाहकार गोपिलाल देवकोटा, न्यायिक समिति सदस्य बिष्णु बहादुर भुजेल लागायतको १४ सदस्यीय टोलि रहेको छ ।
सो टिमले हिमा गापा जुम्ला, दिपायल सिल्गडी नपा डोटी, छायानाथ नपा मुगु, शिखर नगरपालिका डोटीको अवलोकन भ्रमण गरी बैजनाथ गापामा रहेको मिनिगाभर होमस्टे सल्यानी टोलमा अवलोकन समेत गरेका थिए ।
इस्टुका पदाधिकारी बामदेव वली, गम बहादुर डाँगर र रामलाल देवकोटा लगयतको टिमले उनीहरुको बाँकेमा व्यवस्थापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्