Kohalpur Today Header Ads

गौरीगंगा गोल्ड कपमा कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा




कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार एपीएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । खेलको ९ औँ मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपिएफ माथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो ।

डी बक्स भित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपिएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे । त्यसपछि निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८ औँ र ८७ औँ मिनेटमा दुई गोल गरे । उसका कृष्ण रानाभाटले पहिलो हाफको ४२ औँ मिनेटमा १ गोल गरे ।

LIfe Ok

खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए । कोहलपुर रेसिङ साहारा क्लवको टिम कोच सन्तोश बस्यालले खेलाडीहरुले राम्रो मेहेनेत गरेर खेलेकाले जित हात पार्न सकेको उनले वताए । पहिलो खेलमा केहि खेलाडीहरु उपस्थितीहुन नसेकाले पनि जित हात पार्न समय लागेको वताए । अव आउने खेलमा सवै खेलाडी उपस्थिती गराउने कोच बस्यालले वताए ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बल गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार