कोहलपुर ९ का वडा अध्यक्षद्धारा विभिन्न मन्त्रालयबाट महत्वपूर्ण ५ योजना माग

प्रदिप कुमाइ, कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी सहितको टोलिले विभिन्न मन्त्रालयबाट महत्वपूर्ण ५ योजना माग गरेका छन् ।

वडा अध्यक्ष योगीले जनताहरुको घरदैलामा गई समस्या बारे जानकारी लिएपछि संघिय सरकारसमक्ष महत्वपूर्ण ठुला योजनाहरु लिएर पुगेका छन् ।

उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशील सिर्पाली ठकुरी र प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लसंग भेटघाट गरी आफ्नो वडाका समस्याहरुको योजना माग गरेको ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले बताए ।

जसमा बबै टोलदेखि मन्दिर टोल हुदै वडा नं ७ र १४ जोडने बाटो पक्की नाली सहित कालो पत्रे, झणडहवादेखि मुस्लिम बस्ती हुँदै खजुरा क्यान्सर अस्पताल जोडने बाटो पक्की नाली सहित कालो पत्रे, जनजोती आधारभुत विद्यालयमा कम्प्युटर ल्याब बनाउने, गन्धेला तलाउ इस्तर उन्नति तथा पार्क निर्माण र हवल्दारपुर अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउने योजना रहेको अध्यक्ष योगीले कोहलपुर टुडेलाई जानकारी दिए । जनताको माग अनुसार थप योजना समेत माग गरी काम गर्ने अध्यक्ष योगीले बताए ।