काठमाडौँ ।
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका वरिष्ठ नेता खिलबहादुर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौँस्थित निवासमै निधन भएको हो ।
केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् ।
स्वर्गीय भण्डारीको मङ्गलवार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्