Kohalpur Today Header Ads

रविको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी




काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दिएका लामिछानेविरुद्ध उम्मेदवारी खारेज गर्नमाग गर्दै उम्मेदवारी परेको हो ।

उम्मेदवार हुन अयोग्य भएको दाबी गर्दै रविविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले जिल्ला निर्वाचन आयोग चितवनमा उजुरी दिएका छन् । नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

LIfe Ok

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको पद खारेजी गरेपछि वैशाख १० गते हुने चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार