राष्ट्रिय दलित पत्रकार संघ बाँके अध्यक्षमा परियार

कोहलपुर ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा कविन्द्र परियार चयन भएका छ्न् । शनिबार कोहलपुरमा सम्पन्न संघको प्रथम साधारणसभा तथा अधिवेशनबाट परियार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । परियारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाकर विश्वकर्मा, कोषाध्यक्षमा राम गोपाल विश्वकर्मा  र सह-सचीवमा विजय परियार चयन भएका छ्न् ।

त्यस्तै सदस्यहरुमा सिवानी विक,शान्ति सुनार,उमेश दलामी,प्रमिला बिक र देवि सुनार चयन भएका छ्न । समितिको पहिलो बैठकबाट १ जना सदस्य मनोनीत गर्ने बताइएको छ।

कार्यक्रमको उदघाट्न सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव सुनारले दलित पत्रकारहरु आफैंमा योग्य र सक्षम भएको बताउँदै आफ्नो क्षमताको विकासका लागि लाग्नुपर्ने र खोजमुलक पत्रकारितालाइ जोड दिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य हेमन्त बिक नेपाल पत्रकार महासंघ बांकेकी सदस्य पवित्रा परियार लगायतले आफ्नो भनाइ राखेका थिए ।