उद्योगीहरुलाई स्किम बनाउने र बैंकबाट ऋण प्रवाह बारे प्रशिक्षण तथा अन्र्तक्रिया

कोहलपुर ।

बाँकेको कोहलपुरमा उद्योगीहरुलाई उद्योगहरुको स्किम बनाउने र बैंकबाट ऋण प्रवाह सम्बन्धी प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । सोमबार घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको समन्वयमा सो कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले महिला उद्यमीहरुलाई बढि प्राथमिकतामा जोड दिएका थिए । उनले महिलाहरुको कर्जामा शुन्य ब्याज दरमा उपलब्ध गराउने सके अझै राम्रो हुने समेत जिकिर गरे ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख रमेश बहादुर बुढाथोकीले उद्योगीहरुले आफ्नो उद्योगको स्किम आफै निर्माण गर्न सकुन भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको बताए ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेम विक्रम जिसीले घरेलु महासंघको सिफारिस विना कर्जा नदिन अनुराेध गरे । उनका अनुसार कागजी रुपमा करोडपतिले विभिन्न कर्जाहरु पाउने भए तर वास्तविक किसान, उद्योगीहरुले कर्जा नपाउने समस्या आयाे त्यसैले यसकाे अन्त्यका लागि बैंकहरुले घरेलु महासंघको सिफारीस अनिवार्य गरिदिन अनुरोध गरे ।

यस्तै नेपाल बैंक लि. शाखा प्रबन्धक रुपेश श्रीवास्तवले स्थानीय पालिकाहरुको सिफारिसमा ऋण कर्जाहरु दिने गरेको बताए । उनका अनुसार घरेलु महासंघको सिफारिस विना कसैलाई पनि उद्योग र कृषि कर्जा नदिने समेत बताए । उनले उद्योगीहरुलाई छोटो अवधिको कर्जा, लामो अवधिका लागि कर्जा, घर कर्जा, धितो कर्जा, विना धितो कर्जा जस्ता विभिन्न अन्य कर्जाहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा सहभागि कृषि विकास बैंकका बरिष्ठ अधिृकत मुकेश केसी, घरेलु महासंघ कोहलपुरका महासचिव सिएम उपाध्याय, कोषाध्यक्ष कल्पना भण्डारी लगायत अन्य फार्म र उद्योगीका सञ्चालकको समेत उल्लेखिए सहभागिता रहेको थियो ।