कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज फाइनलका लागि हिमालयन शेर्पा र क्यामरुन विच प्रतिस्पर्धा हुने भएकाे छ ।
रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले आज सेमिफानलको दोस्रो खेल दिउसो ३:३० बजेदेखि हिमालयन शेर्पा र अफ्रिका खेलाडि क्यामरुन विच प्रतिस्पर्धा हुने कोहलपुर टुडेलाई जानकरी दिए ।
सेमिफाइनलको पहिलो खेलमा आयोजक रेसिङ्ग साहारा क्लब र ब्वाइज यूनियन क्लब (काठमाण्डौं) विच भएको निकै प्रतिस्पर्धामा ९० मिनेटको खेलमा बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटबाट आयोजक रेसिङ्ग साहारा क्लबलाई ब्वाइज यूनियन क्लब (काठमाण्डौं)ले (३-४)ले विजयी भएको थियो ।
आयोजक रेसिङ्ग साहारा क्लबका कप्तान हरी कठायत रहेका थिए भने गोलकिप्पर मुकेश धर्ती मगर रहेका थिए । ब्वाइज यूनियन क्लब (काठमाण्डौं)का कप्तान मन कुमार तामाङ रहेका थिए भने गोलकिप्पर मनोज परियार रहेको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले म्यान अफ द म्याच भएका ब्वाइज यूनियन क्लब (काठमाण्डौ) का गोलकिप्पर मनोज परियारलाई नगद ५ हजार हस्तान्तरण गरेकी थिइन् ।
काेहलपुर टुडे । ९ चैत्र २०७९, बिहीबार १२:४८