लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो एक्समिनेर टेष्ट तालिम

काेहलपुर ।

नेपाल तेक्वान्दो संघ बाँकेकाे अायाेजनामा लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो एक्समिनेर टेष्ट तालिम सम्पन्न भएकाे छ ।

नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत यस लुम्बिनी प्रदेशका जिल्लाका तेक्वान्दो डोजाङ्ग प्रमुखलाई यक्रुप्ता र परिक्षा कसरी लिने भन्ने विषयमा तेक्वान्दो एक्समिनेर टेष्ट तालिम सम्पन्न भएकाे हाे ।

तालिममा कोहलपुर नगरपालिका १ सुपर स्टार् तेक्वान्दो डोजाङ्गका गुरु महेश थापाको संयोजकत्वमा तालिम सुरू भएकाे थियाे ।

तालिममा नवलपरासीबाट १२, रुपन्देही ११, रोल्पा ४, प्युठान १, दाङ २१, बर्दिया ४ र बाँके जिल्लाबाट ११ जना तेक्वान्दो सिनियर र जुनियर डोजाङ्ग प्रमुख हरुको सहभागिता रहेकाे नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले बताए । तालिमका प्रमुख प्रशिक्षक टारजन शुब्बा, कबिराज खडकी र भिम बहादुर बिकले रहेका थिए ।

तालिमकाे समापन नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ गरेका थिए । श्रीमान थापा ज्युले प्रमाणपत्र वितरण गरेका थिए भने सबै खेलाडीलाई बधाई समेत प्रदान गरेका थिए । कार्यक्रम नेपाल तेक्वान्दो संघ बाँकेका सचिव जङग वीर चौधरी गरेका थिए ।