प्रथम कोहलपुर गोल्ड कप : संकटा क्लबलाई हराउँदै एफसी क्लब क्यामरुन विजयी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा संकटा क्लबलाई हराउँदै एफसी क्लब क्यामरुन विजयी भएको छ । एफसी क्लब क्यामरुनलाई (१-०)ले विजयी भएको हो ।

क्यामरुनका १० नम्बर जर्सीका खेलाडि टिम्बाले ७० मिनेटमा गोल गरेका थिए । क्यामरुनका कप्तान जीनी रहेका थिए भने गोलकिप्पर एलिइन रहेका थिए । संकटा क्लबका कप्तान कुलदिप कार्की थिए भने गोलकिप्पर विष्णु कुमार केसी रहेका थिए ।

यस्तै संकटा क्लबले खेल सुरु भएको ३० मिनेटसम्म राम्रो प्रदर्शन गरेपनि गोल गर्न सकेन । तर संकटा क्लबले भने ३ पटक सम्म गोल हान्ने मौका थिए । हाईसुट भएका कारणले गोल हुन नसकेको संकटा क्लबका कप्तान कुलदिप कार्कीले बताए ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले म्यान अफ द म्याच भएका एफसी क्लब क्यामरुनका टिम्बालाई नगद ५ हजार हस्तान्तरण गरेको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।

खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५-१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्र्डौं) र साहारा क्बल (भारत) (१-१) बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट ब्वाईज यूनियन (काठमाण्र्डौं)ले साहारा क्बल (भारत)लाई (३-२) हराउँदै विजयी भएको थियो ।

रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले आज सेमिफानलको पहिलो खेल हुन लागेको बताएका छन् । दिउसो ३:३० बजेबाट पहिलो सेमिफाइनलको खेल साहारा रेसिङ्ग क्लब र ब्वाइज यूनियन क्लब (काठमाण्डौं) विच प्रतिस्पर्धा हुने कोहलपुर टुडेलाई जानकरी दिए ।