अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसकाे अवसरमा काेहलपुरमा प्रभातफेरी

कोहलपुर ।

कोहलपुर नगरपालिकाको आयोजना एबं दलित सेवा संघ लगायत २१ संघ संस्थाको आयोजनामा मंगलबार कोहलपुरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

५८ औं अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसका अबसरमा कोहलपुरमा रहेका दलित सेवा संघ, युवा दृष्टि नेपाल, समाज सुभार कार्यक्रम नेपाल, महिला उपकार मञ्च, दलित महिला संघ फेडो, ईन्रुडेक बाँके, नागरिक सरोकार मञ्च, ओसिडिसि, कमिट नेपाल, नवजिवन अपांग केन्द्र, संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था, गन्दर्व विपन्न अल्पसंख्यक विकास संघ, पिछडा वर्ग बादी विकास उत्थान संघ, सर्मपन नेपाल, समाज सेवा संस्था, मध्य तथा सुदूरपश्चिम सुनचादि गहना ब्यवसायी संघ, बाँके सुनचादि गहना ब्यवसायी संघ, रेडियो प्रतिबोध एफएम, लाली गुँरास पन्चेबाजा संरक्षण समिती, संघर्ष रोज ग्रुप र प्रगतिशिल आमा समुहको सहकार्यमा कोहलपुर चौराहबाट प्रभात फेरी कार्यक्रम शुरु भई कोहलपुर नगरका बिभिन्न भागमा पञ्चेबाजा गाजा तथा बिभिन्न नारा सहित परिक्रमा गरि कोहलपुर चौराहमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी, सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., फेडो बाँकेका अध्यक्ष निर्मला सुनार लगाएतले मन्तब्य ब्यक्त गरेका थिए भने कोण सभाको सभाध्यक्ष दलित सेवा संघका अध्यक्ष बुद्ध सुनारले गरेका थिए ।

कार्यक्रम पश्चात २१ संघ संस्थाहरुले बिभिन्न माग राखि नगर प्रमुख आचार्यलाई ज्ञापन पत्र पेश गरेका छन । माग पत्रमा आगामि आर्थिक बर्षदेखि दलित समुदायका लागि कुल बजेटको १५ प्रतिशत छुट्टयाउनुपर्ने, छुवाछुत मुक्त राष्ट्र घोषणालाई ब्यबहारमा कार्यन्यन ल्याईनुपर्ने, एक बिद्यालय एक दलित शिक्षकको ब्यबस्था गर्नुपर्ने लगाएत ९ सुत्रिय मागहरु उल्लेख गरिएको छ ।