Kohalpur Today Header Ads

नेपालगन्ज आउँदै गरेकाे टिप्पर डुडुवामा दुर्घटना




नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा न-४ मा मंगलबार टिप्पर दुर्घटना भएको छ । राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेकाे रा १ ख १५३८ नम्बरको टिप्पर डुडुवा वडा न-४ काे लालापुर्वा नजिक दुर्घटना भएकाे हाे ।

ईलाका प्रहरी कार्यालय कम्दी मिलनचाेकका प्रमुख बिष्णु शाहीका अनुसार मंगलबार दिउँसो करिव साढे १२ बजेको समयमा दुर्घटनामा परेको हो । बाटो निर्माण कार्य भइरहेकोले निर्माण सामाग्रीहरु जथाभावि राखेको र साँघुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

LIfe Ok

टिप्परलाई ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय गगनसिंह सुनुवारले चलाएका थिए । दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीकाे भनाई छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार