सर्वेपक्षिय बैंठक : नापी र मालपोत कार्यालय सुरु गर्ने महत्वपूर्ण तीन निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नापी र मालपोत कर्यालय सञ्चालन गर्नका लागि महत्वपूर्ण तिन वटा निर्णय गरेको छ । आइतबार विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सर्वेपक्षिय बैंठकले तिन वटा निर्णय गरेको हो ।

कपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का, नेकपा एसका अशोक कोइराला, नेकपा एसकी नेतृ नारायणी वली, भूमि आयोजका बाँकेका अध्यक्ष श्रावन कुमार यादव, कृषि व्यवसायी शेशकान्त शर्मा, यातायात व्यवसायी नम प्रसाद शर्मा, रेमिट्यान्स व्यवसायी राजेन्द्र श्रेष्ठ, नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदी  र वडा नम्बर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह लगायतले भनाई राखेका थिए ।

पहिलो निर्णय : नापी र मालपोत कार्यालयले विगत समयमा प्रकाशित घरभाडामा लिने सम्बन्धीको सूचनाको आधारमा काम अगाढि बढाउन र तत्काल नापी र मालपोत कार्यालय सञ्चालन गर्ने सर्वेपक्षिय बैंठकबाट पहिलो निर्णय भएको हो ।

दोस्रो निर्णय : राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेको सहकार्य र समन्वयमा कोहलपुर नगरपालिकाको कार्यापालिकाको बैंठकबाट अनुमोदन गरी भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पूर्जा उपलब्ध गराउन पक्रिया पुरा भई आएका व्यक्तिहरुलाई जग्गा धनी पूर्जा उपलब्ध गराउन अनुरोध गर्ने सर्वेपक्षिय बैंठकबाट दोस्रो निर्णय भएको हो ।

तेस्रो निर्णय : आगामी सार्वजनिक महत्वका विषयमा सर्वेपक्षिय र सर्वदलिय बैंठक बस्ने, विगतमा गरेका निर्णयहरुलाई अक्षरस कार्यान्वयन गर्ने निर्णय भएको हो ।