अहिलेसम्म बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा ३९५ मत खसेको

भगवती पोख्रेल, कोहलपुर

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ । अहिले १०:२५ सम्मको समय तालिका अनुसार जम्मा ११९२ मा प्रत्यक्ष तर्फ ३९५ र समानुपातिक तर्फ ३८७ मत खसेको निर्वाचन प्रवक्ता एकराज शर्माले जानकारी दिए ।


अहिलेसम्म मतदान स्थलमा स्वतन्त्र, निस्पक्ष र धांधली रहित तरिकाबाट निर्वाचन भैइरहेको शर्माले जानकारी दिए । एक एक घन्टामा मत खसेको विवरण लिने र आवश्यकता परे उनलाई सम्पर्क गर्नका लागि सकिए उनले वताए । मतदान ३ वटा बुथमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको अलग अलग भैइरहेको र हाल सम्म मतदान स्थल वरिपरि कुनै खालको अप्रिय घटना नभएको शर्माले जानकारी दिए । मतदान केन्द्रको बुथ नं १ मा मतदान अधिकृत तोयानाथ पहाडी, बुथ नं २ मा रमेशचन्द्र अधिकारी र बुथ नं ३ ध्रुव कुमार अधिकारि रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।