बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन भोलि हुँदै

भगवती पोख्रेल, कोहलपुर ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भोलि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा सम्पूर्ण विद्यार्थीहरु लाई विहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म मतदान गर्न सकिने, निर्वाध रूपमा निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण मतदाता विद्यार्थीहरु लाई आव्हान गरिएको निर्वाचन प्रवक्ता एवम् उप प्राध्यापक एकराज शर्माले जानकारी दिए ।

यस अघि चैत्र ३ गते हुने भनेको निर्वाचन मध्यपश्चिम विश्वविद्यालयले केही समयका लागि सम्पूर्ण क्याम्पसमा एकै साथ निर्वाचन सम्पन्न गर्ने भनी स्थगित गरेको थियो । मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिम, केन्द्रिय क्याम्पस सुर्खेत र दैलेखमा केही समस्या देखिएकोले सबै ठाउँमा एकै साथ निर्वाचन गराउने उद्देश्यले स्थगित गरिएको मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा डा नारायण प्रसाद पौडेलले सूचना जारी गरेका थिए । तर मध्यपश्चिम विश्वविद्यालयका नौ आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुले आफुहरु सहज रूपमा स्वतन्त्र, निस्पक्ष र धांधली रहित निर्वाचन सम्पन्न गर्ने प्रतिवद्द्ता गरेकोले ५ गते गर्न लागिएको निर्वाचन समिति संयोजक दान बहादुर हमालले जानकारी दिए ।


५ गते हुने निर्वाचनको सम्पूर्ण काम पूरा भएकोले सम्पूर्ण मतदातामा सह रूपमा मतदान गर्न अनुरोध गरेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए । भोलि ५ गते निर्वाचन हुने स्थान बागेश्वरी बहुमुखी क्याम्पस वरिपरि विहान देखि मतगणना नसक्ने बेला सम्म कुनै पनि खालका अबान्छित गतिविधि नगर्न, मदिरा बिक्रि वितरण नगर्न, माईकिङ, सभा जुलुस गर्न निषेध गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।