बागेश्वरी बहुमुखी क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुने

काेहलपुर ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ५ गते हुने भएको छ । शुक्रबार ३ गते कार्यकारी परिषदको निर्णय र रजिष्ट्रार कार्यालयको स्व.वि.यू. निर्वाचन गर्नु गराउनु भन्ने निर्देशन भए अनुसार वागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको हो ।

यस अघि आज शुक्रबार चैत्र ३ गते हुने स्ववियु निर्वाचन स्थगित भएको थियो । स्ववियु निर्वाचन चैत ५ गते विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।