नापी र मालपोत कार्यालय अझै सञ्चालन नगरेको भन्दै नगरपालिकालाई ज्ञापन पत्र

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको सामाजिक सरोकार मञ्चले कोहलपुरमा नापी र मालपोत कार्यालयमा अझै सम्म सञ्चालन नगरेको भन्दै ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार सामाजिक सरोकार मञ्चका अध्यक्ष र पदाअधिकारीहरुले कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई कोहलपुरमा नापी र मालपोत कार्यालयमा अझै सम्म सञ्चालन नगरेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । उद्घाटन भएको ६ महिना हुँदा समेत अझै सञ्चालनमा आउन सकेको छैन ।

ज्ञापन पत्रमा भनिएको छ, ‘कोहलपुर कार्यालय सञ्चालन गर्न घर भाडाका लागि  सूचना समेत प्रकाशन भएको थियो । सूचना बमोजिम घर बहालका लागि दरखास्त समेत परेको तर हालसम्म कार्यान्वयन हुन नसकेकोले कोहलपुर तथा यस क्षेत्रका सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा पाउन कठिनाई भईरहेको छ ।’ स्थानीय क्षेत्रमा पायक पर्ने सेवाग्राहीको सेवा सहजता सहित सर्वसुलभ पहुँचका लागि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको सामाजिक सरोकार मञ्चका अध्यक्ष राजेन्द्र श्रेष्ठले कोहलपुर टुडेलाई बताए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नापी र मालपोत कार्यालयका सञ्चालनका लागि नगरपालिकाले २ लाख ५० हजार घरभाडाका लागि दिने भनि कार्यापालिकाबाट निर्णय समेत गरिसकेको बताए । नगरपालिकाले रोकेको जस्तो भ्रम फैलाईएको छ उनले भने तर नगरपालिकाले कार्यालय तत्काल नै सञ्चालन गर्न पहल कदमी चालिरहेको छ ।’ पुनः यहि चैत ५ गतेको लागि सर्वपक्षय बैंठकबाट नै यसको समस्याको समाधान हुने नगर प्रमुख आचार्यले बताए ।

ज्ञापन पत्र हेर्नुहाेस् ।